Advertisement

काठमाडौंमा पहिलो पटक नेशनल हर्टिकल्चर एक्स्पो हुने

0 18

Advertisement

१३ चैत, काठमाडौं । काठमाडौंमा पहिलो पटक नेशनल हर्टिकल्चर एक्स्पो (राष्ट्रिय बागबानी प्रदर्शनी मेला) हुने भएको छ।

नर्सरी व्यवसायी संघको आयोजनामा यही चैत्र १६ गतेदेखि १९ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा उक्त एक्स्पो हुने भएको हो।

मेला संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त मेलामा देशैभरका पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्री हुने बताए।

यस्तै नर्सरी व्यवसायीहरुको थप हौसला बढाउन स्वस्थ प्रतिस्पर्धा गराई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संघले जनाएको छ। प्रतिस्पर्धाको मूल्यांकन गर्न कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा ३ सदस्यीय मूल्यांकन समिति समेत गठन गरिएको संघको भनाइ छ।

नर्सरी व्यवसायी मध्येबाट १ जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिने संघले जनाएको छ। यसका साथै कृषि क्षेत्रमा कलम चलाइरहेका दुई जना कृषि पत्रकारहरूलाई समेत सम्मान गर्ने भएको छ।

उक्त मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउ बीजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनले जानकारी दिए। सो मेलामा ७४ वटा व्यवसायिक स्टल ४ वटा फुड स्टल ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टल गरी ९० वटा स्टल रहने छन्।

उक्त मेलामा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र १ करोड बढीको कारोबार हुने अनुमानरहेको संघले जनाएको छ। यसका साथै मेला अवलोकन गर्न आउने सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ लाग्ने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.