Advertisement

रुकुमपश्चिममा तरकारीको बीउ उत्पादनमा वृद्धि

0 8

Advertisement

०७ चैत, काठमाडाैं । पछिल्लो सयम रकुम पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा विसं २०३५ देखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो । केही समय उत्पादनमा कमी आएकामा पछिल्लो केही वर्षयता जिल्लामा तरकारीको बीउ उत्पादन गर्ने किसानको सङ्ख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताए ।

उनका अनुसार मुख्य गरी मुसीकोट नगरपालिका–३ माछमी र १३ नं वडाको सानचौरमा बीउ उत्पादन प्रशस्तै हुने गरेको छ । चौरजहारी नगरपालिका तथा त्रिवेणी र सानीभेरी गाउँपालिकाका केही भूभागमा पनि उत्पादन हुने गरको निमित्त प्रमुख केसीले जानकारी दिए । यहाँ मुला, प्याज, चम्चुर, काउली, सलगमलगायत ११ किसिमका तरकारीका बीउ उत्पादन हुने गरेको उनको भनाइ छ ।

जिल्लामा उत्पादिन बीउ दाङ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०७९\८० मा जिल्लामा एक सय ११ मेट्रिकटन बीउ जिल्ला बाहिर बिक्री गर्दा यहाँका किसानले सात करोड रुपैयाँ आम्दानी गरेका केसीले जानकारी दिनुभयो । चालु आवमा पनि मनग्य उत्पादन भएकाले आम्दानी पनि राम्रो हुने अपेक्षा लिइएको उनले बताए ।

जिल्लामा तरकारी बीउ उत्पादनसँगै बजारीकरणको समस्या नभएपनि किसानले भनेजस्तो मुल्य पाउन नसक्नु मुख्य समस्या रहेको निमित्त प्रमुख केसीको भनाइ छ । उक्त समस्या समाधानका लागि कृषि विकास कार्यालयले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने योजना बनाइरहेको उनले बताए ।

यहाँ बीउ उत्पादन वृद्धि भए पनि राम्रो मुल्य पाउन नसकेको मुसीकोट–३ का मुला बीउ उत्पादक नन्दराम केसीले बताए । कृषकलाई प्रोत्साहन गर्न सरकारले चासो नदेखाएको गुनासो गर्दै प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने, बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताए ।

“किसानले उत्पादन गरेको बीउको मुल्य बढ्ने र बजारीकरणको राम्रो व्यवस्था भए काम गर्न कुनै समस्या थिएन”, कृषक केसीले भने । स्थानीय सरकारले किसानका लागि कृषि अनुदानको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.