Advertisement

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

0 10

Advertisement

०५ चैत, काठमाडाैं । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.