Advertisement

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

0 10

Advertisement

१ चैत, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि २०८० अंकमा झरेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडमा खुम्चिएको छ ।

सबै समूहका सूचक झरेका छन् । जीवन बीमा र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरै झरे । बैंकिङ १३, विकास बैंक ५४, फाइनान्स २०, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, जीवन बीमा २८७, उत्पादन ७५, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८८, अन्य १६ र व्यापार समूह २० अंक घटे ।

कुल ४४ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ४ को स्थिर रह्यो । धेरै मूल्य घटबढ भएका कम्पनीहरुमा भने माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त, मानुसी र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गोर्खाज फाइनान्सको ८, कर्णाली विकास बैंकको ७.७, समाज लघुवित्तको ७.२, मनकामना स्मार्ट लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै स्वाभिमान लघुवित्तको ६, जाल्पा सामुदायिक लघुवित्तको ५.६, धौलागिरि लघुवित्तको ५.३ प्रतिशत मूल्य बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.२, एनआईसी एसिया लघुवित्तको ५.१ तथा जनउत्थान सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.