Advertisement

पाथीभरा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

0 11

Advertisement

१ चैत, ताप्लेजुङ । पाथीभरामा निर्माण हुन लागेको केबलकार आयोजना सहज रूपमा अघि बढाउने वातावरण बनाउन निजी क्षेत्रका प्रतिनिधिहरूले माग गरेका छन् ।

बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ ताप्लेजुङले संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका हुन् ।

‘पाथीभरा सबैको साझा आस्थाको धरोहर हो । यो सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रूपमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही वर्षदेखि पाथीभराको पर्यटनले समग्र जिल्लाको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्ष अनुभव गरेका छौँ । केबलकार बन्दा पाथीभराको धार्मिक पर्यटन थप चलायमान हुने हाम्रो बुझाइ छ ।’

निजी क्षेत्रका तीन संस्थाले पाथीभरामा पर्यटकको संख्यामा वृद्धि हुने गरी पूर्वाधार निर्माण गर्नु जरुरी भएको बताएका छन् । केबलकारबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको उनीहरूको भनाइ छ । केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि आर्थिक विकासमा टेवा पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्ता गौरवका योजनामा सबै पक्ष जिम्मेवार भएर सहजीकरण गर्नुपर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रले धारणा राखेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.