Advertisement

एडीबीद्वारा बङ्गलादेशलाई सात करोड १० लाख डलर ऋण स्वीकृत

0 16

Advertisement

३० फागुन, काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैङ्कले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकाङ्कको आधारमा बङ्गलादेश जलवायु जोखिमको सातौं स्थानमा छ । बङ्गलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको तीव्रताको सामना गरिरहेको बैङ्कले जनाएको छ ।

यस परियोजना अन्तर्गत छ लाखभन्दा बढी मानिसहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण पश्चिम बङ्गलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.