Advertisement

संसद् सुचारु गराउन सबै दलका सचेतकसँग सभामुख घिमिरे छलफलमा

0 12

Advertisement

११ फागुन, काठमाडौं । प्रतिनिधि सभा बैठक सहज ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन्।

शुक्रबार प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन्।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबीच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन।

बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेका छन्। सभामुख छलफलमा भएकाले बैठक २:३० सम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ।

बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ। साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.