Advertisement

गोकर्णमा २८ करोडको सुविधासम्पन्न नगर अस्पताल शिलान्यास

0 26

Advertisement

१० फागुन, काठमाडौं । काठमाडौ क्षेत्र नम्बर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दाबी गरे।

करिब २८ करोडको लगानीमा बन्ने अस्पतालको ‘गोकर्ण नगर अस्पताल शहीद मुकेश कायस्थ हेड इन्जुरी सेन्टर’ नामकरण गरिएको छ। स्वास्थ्य मन्त्री बस्नेतले भवन शिलान्यास गर्दै अस्पतालका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका गोकर्णेश्वर नगरपालिकाले उक्त अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने र सोही वर्षदेखि जनतालाई सेवा दिने तयारी गरेको नगर प्रमुख दीपककुमार रिसालले बताए। हाल नगर अस्पतालको रुपमा १५ शथ्या भए पनि बिरामीको चापका कारण समस्या भइरहेको छ।

वडा नम्बर ४ गोकर्ण मन्दिरस्थित रहेको अस्पतालमा दैनिक करिब एक हजार जना बिरामीलाई उक्त नगर अस्पतालले सेवा दिइरहेको छ। बीमा कार्यक्रम सफल रुपमा लागू गरेपछि उक्त अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीको भीड लाग्ने गरेको छ।

नगर अस्पतालका अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष जयराम महतले नगर अस्पतालमा बिरामीको चाप अत्यधिक भएको र अबको ३ वर्षमा सहज रुपमा उपचार गराउने लक्ष्य लिएर निर्माण सुरु गरिएको बताए।

नगर प्रमुख रिसालले अस्पतालको लागि २५ करोडको लागतमा सुविधासम्पन्न भवन शिल्यान्यास पनि भएको बताए। यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरिसकेको र नपुग रकम नगरपालिकाले बेहोर्ने गरी निर्माणको प्रक्रिया पनि अघि बढेको उनले बताए।

अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको थियो। बाँकी नपुग रकम नगरपालिकाले बेहोरेर पनि अस्पताल निर्माण गरि सञ्चालन गर्ने मेयर रिसालले बताए।

अस्पतालको लागि २० रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा बन कार्यालय र जगडोल शहीद पार्कसँग सम्झौता यसअघि नै गरिएको थियो। नगर प्रमुख रिसालले आफू निर्वाचित हुँदा पहिलो वाचा नै नगर अस्पताललाई सुविधासम्पन्न बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उक्त प्रतिवद्धता अनुसार नै हरेक वर्ष नगरले प्राथमिकता दिएर बजेटदेखि अस्पतालको अनुगमनसम्म गर्दा अहिलेको नतिजा निस्केको उनले बताए।

‘सबै वाचा त पूरा गर्न सकेको छैन होला। तर नगर अस्पताललाई उच्च गुणस्तरीय अस्पताल बनाउने बाटोमा पाइला चाल्ने कामको सुरुवात गराउन सफल भएको छु,’ मेयर रिसालले भने, ‘साँघुरो ठाउँमा सेवा दिइरहेको अस्पताललाई अहिले नयाँ भवन निर्माण सम्पन्न हुने अवस्थामा छ। नयाँ आधुनिक प्रविधिका परीक्षणमा मेसिनहरु खरिद गरेर आधुनिक ल्याब सञ्चालनमा ल्याइएको छ। सय बेडको सुविधासम्पन्न अस्पतालका लागि जग्गा सुनिश्चित निर्माण समेत सुनिश्चित भएको छ।’

भवन शिल्यान्यास गर्दै स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालका लागि कुनै पनि हुन नदिने गरी मन्त्रालयले सहयोग गर्ने वाचा गरे। उनले अस्पताल निर्माण भएपछि सबै प्रकारका बिरामीको उपचार गर्न सक्ने गरी सामग्री र औषधि उपलब्ध गराउन मन्त्रालयले नगरलाई सहयोग गर्ने उनले बताए।

गोकर्णेश्वर नगरपालिकामा १५ शय्याको नगर अस्पताल सहित ११ वटा स्वास्थ्य केन्द्र रहेका छन्। ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, एउटा नागरिक आरोग्य केन्द्र लगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको मेयर रिसालले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.