Advertisement

मधेशका मुख्‍यमन्त्रीले आइतबार विश्वासको मत लिने

0 18

Advertisement

४ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ ।

विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार मधेश सरकार आलोपालो प्रणालीलगायत अन्य विषयमा पछि बैठक बसेर टुंगो लगाउने सहमति भएको छ । मधेशमा जसपाका यादव मुख्यमन्त्री छन् ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने कानुनी बाध्यता छ । अगामी फागुन ९ गते भित्र विश्वासको लिइ सक्नु पर्ने छ ।

अगामी आइतबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव छन् । आइतबार विश्वासको मत लिने गरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार पत्र पठाइसकेका छन् ।

विश्वासको मतपछि बाँकी दुई मन्त्रालय भागवण्डा गर्ने मुख्यमन्त्री यायदवले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.