Advertisement

बोटलर्स नेपालका दुबै कम्पनी नोक्सानीमा

0 33

Advertisement

४ फागुन, काठमाडौं । नेपालमा कोकाकोला उत्पादन तथा वितरण गर्दै आएका बोटलर्स नेपालका दुबै कम्पनी तराई र बालाजु नोक्सानीमा गएका छन् । दुबै कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नोक्सानी देखिएको हो ।

चितवनमा रहेको प्लान्टको सञ्चालन गर्ने बोटलर्स नेपाल तराईले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको कुल आम्दानी घट्नु र वित्तीय लागत बढ्दा नोक्सानी देखिएको हो । साथै कच्चा पदार्थको मूल्यवृद्धि, बिक्रीवितरण लागत बढेको कम्पनीले वित्तीय विवरणमा स्पष्ट पारेको छ ।

कम्पनीको बिक्री आम्दानी दोस्रो त्रैमासमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८६ करोड थियो । वित्तीय लागत भने पहिले ११ करोड ३७ लाख थियो भने अहिले १४ करोड ५ लाख छ ।

कम्पनी नोक्सानीमा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ । बोटलर्स नेपाल तराईको मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता १२ हजार ११ रुपैयाँ छ ।

त्यस्तै काठमाडौंस्थित बालाजु प्लान्ट सञ्चालन गर्ने बोटलर्स नेपाल बालाजु चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड १५ लाख रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो । यस कम्पनीको पनि बिक्री आम्दानी घटेको छ भने वित्तीय लागत बढेको छ ।

दोस्रो त्रैमासमा बिक्री आम्दानी ४ अर्ब ५८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब १९ करोड थियो । आम्दानी घट्दा वित्तीय लागत भने दोब्बर भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ वित्तीय खर्च थियो भने अहिले १५ करोड ४९ लाख रुपैयाँ छ ।

कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ हजार ३११ रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.