Advertisement

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जसम्बन्धी सम्झौता

0 16

Advertisement

०३ फागुन, काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी ‘सबको फोन’ बीच सम्झौता भएको छ ।

विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरुलाई आफूले प्रयोग गरेको फोन साटी सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधासम्बन्धी सम्झौता गरिएको जनाइएको छ ।

यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ सामसङ स्मार्टफोनसँग साट्न सक्नेछन् ।

आईएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरी ग्राहकले आफूले प्रयोग गरिको फोनको विवरण भरि, १ मिनेटमा फोनको मूल्य प्राप्त गरि नयाँ सामसङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।

यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नका लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ ।

प्रथम चरणका लागि यो सुविधा हाल सामसङको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।

सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै आईएमएस र सबको फोन बीचको यस साझेदारीले मोबाइल प्रयोगकर्ताहरुलाई मोबाइल एक्सचेन्ज गर्न सहज र छिटो बनाउनुका साथै उचित मूल्य प्रदान गर्ने लक्ष्य रहेको बताए ।

‘एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरी पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले भने ।

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभरि उपलब्ध गराउने योजना रहेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.