Advertisement

दोर्दीखोला जलविद्युतको नाफा १२४% बढ्यो

0 18

Advertisement

२९ माघ, काठमाडाैं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीनामा अवधिमा ३ करोड १८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोर्दी खोला जलविद्युतले गत आवको यसै अवधिमा १ करोड ४२ लाख नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १२३.९३ प्रतिशत वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले कुल १९ करोड ४५ लाख ३ हजार आम्दानी गरेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको कुल आम्दानी ८ करोड ७५ लाख ९६ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा, प्रति सेयर नेटवर्थ १०३ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात ६१ दशमलव ७६ गुणा छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ३ करोड २२ लाख २७ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २७ करोड १४ लाख थियो ।

कम्पनीको विद्युत उत्पादन खर्च ७८ लाख ५४ हजारबाट १ अर्ब ५७ करोठ ७३लाख पुगेको छ । यस्तै वित्तीय खर्च ५ करोड २१ लाखबाट बढेर १२ करोड १८ लाख, प्रशासनिक खर्च ४९ लाखबाट ९९ लाख र ह्रासकट्टी ८४ लाखबाट १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीको दीर्घकालीन ऋण दायित्व १ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.