Advertisement

रिलायबल नेपाल लाइफले बढायो नाफा, अन्य सूचक कस्ता ?

0 31

Advertisement

२३ माघ, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४.९७ प्रतिशतले खुद नाफा बढाउँदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन अघिल्लो पुको तुलनामा १.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख १७ हजार पुगेको छ । यस्तै खुद दाबी भुक्तानी पनि २१.८८ प्रतिशत बढेर १ अर्ब ६३ करोड ८० लाख ६१ हजार रुपैयाँ बराबर गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले कुल आम्दानी १२.७९ प्रतिशत वृद्धि गर्दै २ अर्ब ४१ करोड २९ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दा इन्स्योरेन्सको कुल खर्च पनि १३.६८ प्रतिशत बढेर २ अर्ब १८ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ । आईपीओपछि ४२.८६ प्रतिशतले चुक्ता पुँजी बढेर ४ अर्ब रुपैयाँ कायम भएको कम्पनीको पुँजी वृद्धिको अनुपातमा नाफा नबढेपछि इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैयाँ १७ पैसा घटेको छ । पुससम्म इन्स्योरेन्सको वार्षिक इपीएस ११ रुपैयाँ ५५ पैसा, प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा, र मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ३१.४७ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ४१ लाख रुपैयाँ सञ्चित थियो । इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख ९२ हजार रुपैयाँ र महाविपत्ती कोष ३१.१३ प्रतिशत बढेर १४ करोड ३७ लाख ७ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ र अन्य इक्विटी पनि १६.९१ प्रतिशत वृद्धि भई ५ करोड ५६ लाख ८८ हजार रुपैयाँ बराबर कामय भएको छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधीमा कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । रिलायबल नेपालले अभिकर्ता कमिशन बापत २१ करोड ८६ लाख ३९ हजार रुपैयाँ खर्चिएको छ । जुन गत आवको तुलनामा ११.८७ प्रतिशत कम हो ।

कम्पनीले पुससम्म १४ अर्ब ५७ करोड ४० लाख ३६ हजार लगानी गरेको छ । यो गत आवको पुसको तुलनामा ५३.८६ प्रतिशत धेरै हो । यस्तै लगानी कर्जा तथा अन्यबाट आय ५५.१५ प्रतिशत बढेर ६३ करोड ९० लाख ६८ हजार तथा बीमालेख धितोबाट १ करोड ५६ लाख २६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । बीमालेख धितोबाट हुने ब्याज अघिल्लो पुसभन्दा ५३४ प्रतिशत धेरै हो ।

समीक्षा अवधिमा इन्स्योरेन्समा ब्यतित बीमालेख वापतको रकम १७ करोड ९९ लाख १३ हजार रुपैयाँ छ । यो रकम गत आवको तुलनामा ११ करोड ६० लाख बढी हो । आम्दानीका अधिकांश स्रोत बढाएपनि बीमालेख छाड्ने बढ्दा कम्पनीलाई थप जिम्मेवार बन्न संकेत गरेको छ । कम्पनीमा टोटल इन्फोर्स पोलेसीको सङ्ख्या ३२ लाख ९९ हजार ६३२ ओटा रहेको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा नारायणबाबू लोहनी र अध्यक्षामा उदय नेपाली श्रेष्ठ छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.