Advertisement

मंगलबार सुनको भाउमा सामान्य वृद्धि

0 19

Advertisement

०३ पुस, काठमाडाैं । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ २ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १७ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ । सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार २२ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.