Advertisement

८ लाख रुपैयाँ नगदसहित सशस्त्र प्रहरीद्वारा १ जना पक्राउ

0 43

Advertisement

१७ मंसिर, काठमाडौं । स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सशस्त्र प्रहरी बलको टोलीले १ जनालाई पक्राउ गरेको छ। सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा क्षेत्रबाट शनिबार १ जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोज रहेका जनाइएको छ। बोर्डर आउटपोस्ट बरियापट्टीबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनलाई पक्राउ गरेको हो।

भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथ ८ लाख रुपैयाँ फेला परेको थियो। १ हजार दरको ४९६ वटा, ५०० दरको ६०३ वटा र १०० दरको २५ वटा नेपाली नोट फेला परेको हो।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.