Advertisement

बलिउड रेडकार्पेटमा डेभिड बेकह्याम, शाहरुखले मन्नतमा दिए रात्रिभोज

0 49

Advertisement

०२ मंसिर, काठमाडौं । विश्वकप क्रिकेट छेकोमा फुटबल स्टार डेभिड बेकह्याम यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रसंघीय नियोग युनिसेफको सद्भावना दूतको रुपमा मुम्बई पुगेका उनले वान्डखेडे रंगशालामा भारत र न्युजिल्याण्डबीचको खेल पनि हेरे ।

यतिबेला भारतीय सञ्चारमाध्यममा बेकह्याम र बलिउड सेलिब्रिटीको तस्वीर र भिडियो भाइरल बनेको छ । सोनम कपुर र आनन्द आहुजाले बेकह्यामको सम्मानमा मुम्बईमा भोज आयोजना गरे, जहाँ बलिउड सेलिब्रिटी सहभागी रहे ।

लगत्तै सुपरस्टार शाहरुख खानले मुम्बईको बान्द्रास्थित निजी निवास मन्नतमा बेकह्यामका लागि प्राइभेट पार्टीको आयोजना गरे । भाइरल भएका भिडियोमा बेकह्याम मन्नतभित्र छिरेको र बाहिरिएको देखिएको छ । त्यस क्रममा घेरिएका फ्यानतिर हात हल्लाएर बेकह्यामले अभिवादन गरेका छन् ।

शाहरुखको पार्टीमा सोनम र उनका पति आहुजा पनि सहभागी भए । आनन्दले सामाजिक सञ्जालमा सामूहिक तस्वीर सेयर गर्दै शाहरुख, गौरी र उनीहरुका सन्तान आर्यन र सुहानालाई पनि ट्याग गरेका छन् । बिहीबार राति मन्नतमा जमेको उक्त पार्टीमा शाहरुख र सोनमलाई स्टाइलिस पहिरनमा देख्न सकिन्छ ।

अभिनेत्री सारा अली खानले बेकह्यामको निजी र व्यावसायिक जीवनको सन्तुलनबारे अन्तर्वार्ता नै गरेकी छन् । यसबाहेक मलाइका अरोरा र अर्जुन कपुरसँग पनि बेकह्यामको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले बेकह्यामसँगको तस्वीरमा अर्जुनको उचाइबारे ट्रोल गरेका छन् ।

मुम्बईको विश्वकप खेलमा बेकह्याम सचिन तेन्दुलकर र विराट कोहलीसँगै देखिएका छन् । कतिपय सेलिब्रिटीले बेकह्यामलाई आफ्नो ‘चाइल्डहुड क्रस’ भन्दै प्रशंसा गरेका छन् । युनिसेफको दूतको रुपमा इङल्याण्डका पूर्वफुटबलर बेकह्याम नेपालमा पनि आइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.