यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे ! – अभिनेत्री रेखा थापा

0 11

०२ मंसिर, काठमाडौं । नेपालमा टिकटक बन्द भएपछि यतिबेला देशव्यापी मिश्रित प्रतिक्रिया छ । प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् । कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोधमा शुक्रबार मात्रै सर्वोच्च अदालतमा आठवटा रिट दायर भएका छन् । अदालतले सोमबारलाई प्रारम्भिक सुनुवाइको मिति तय गरेको छ । यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् ।

अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध्ये पर्छिन् । राप्रपाकी नेतृसमेत रहेकी रेखाले टिकटक बन्दबारे प्रतिक्रिया दिएकी छिन् । उनले एक्स (पहिलेको ट्वीटर)मा यसबारे धारणा राख्दै लेखेकी छन्, ‘यति सानो एउटा एप बन्द हुँदा यस्तो रुवाबासी गर्ने केही नेता र केही सो–कल्ड इन्टलेक्चुअल (कथित बौद्धिक)ले देश बनाउने रे ।’

रेखाको यो टिप्पणीमा विभिन्न कमेन्ट छन् । रेखाको यो अभिव्यक्ति कतातिर लक्षित हो बुझ्न कठिन छैन । रास्वपा, एमाले, कांग्रेस लगायतका दलका नेताले टिकटकमा रोक लगाउने निर्णयको विरोध गरिरहेका छन् ।

कामको कुरा गर्दा रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ प्रदर्शनको तयारीमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.