Advertisement

भिजिट भिसाका लागि नक्कली कागजात बनाउने चार जना पक्राउ

0 26

Advertisement

२० कार्तिक, काठमाडाैं । भिजिट भिसामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल बहादुर रावत, अनिष अमात्य, गोपाल रिजाल, पशुपती मैनाली र सागर चापागाईंलाई शनिबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाईएको हो ।

पक्राउ परेका चार व्यक्तिहरुले भिजिट भिसामा विदेश पठाउने प्रलोभन पारी विभिन्न व्यक्तिहरूको नामको नक्कली शैक्षिक प्रमाण पत्र बनाउँदै आएका थिए ।

विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–२३० सहित काठमाण्डौका विभिन्न स्थानहरूबाट हिजो आइतबार पक्राउ गरी लिखत सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सोमबार प्रहरी वृत्त महाराजगंज पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.