Advertisement

विश्व टी–२० छनोट : फाइनलमा ओमानसँग बदला लिने नेपाललाई मौका

0 17

Advertisement

१९ कार्तिक, काठमाडाैं । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको खेलमा ओमानले नेपाललाई रोमाञ्चक खेलमा ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ ।

दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.