Advertisement

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क फर्कँदै

0 19

Advertisement

१५ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुधबार न्यूयोर्क फर्किँदैछन्। नेपालको चार दिने औपचारिक भ्रमण सकेर उनी आज न्यूयोर्क फर्किन लागेका हुन्।

उनी कतार एयरवेजको जहाजमार्फत बिहान १० बजे न्यूयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। गुटेरेसले मंगलबार संघीय संसद्‌को सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

नेपालमा रहँदा उनले नेपालका विभिन्न नेता गणलाई भेट्नुका साथै विभिन्न स्थानको अवलोकन भ्रमण गरेका थिए। नेपाल बसाइका क्रममा उनले अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।

आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.