Advertisement

गाँजा ओसारप्रसारमा निसिखोला गाउँपालिका अध्यक्ष दोषी ठहर, साढे ३ वर्ष कैद सजाय

0 22

Advertisement

२२ असाेज, काठमाडौं । बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषध कारोबारमा दोषी ठहर भएका छन्। उच्च अदालत पोखरा बाग्लुङ इजलासले घर्तीलाई दोषी ठहर गरेको हो।

यसअघि जिल्ला अदालत बाग्लुङले पनि उनलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध गाउँपालिका प्रमुख उच्च अदालत पुगेका थिए।

उच्चले उनको मागलाई अस्वीकार गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो। न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो।

जिल्ला अदालतले घर्तीलाई २०७९ पुस ३ गते दोषी ठहर गरेको थियो। जिल्ला अदालतले साढे ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। गाउँपालिका प्रमुख घर्ती २०७७ असार १२ गते गाँजासहित पक्राउ परेका थिए।

बाग्लुङको बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा घर्तीसम्म अनुसन्धानको टोली पुगेको थियो। उनलाई पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बाग्लुङमा लागुऔषध गाँजा र चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता गरेको थियो।

पक्राउ परेपछि जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो। झण्डै तीन महिना न्यायिक हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए। त्यसयता उनी बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

मुद्दा विचाराधीन अवस्थामा छँदै घर्तीले वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निसीखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुँदै जितेका थिए।

घर्तीको उम्मेदवारीकै समयमा पनि मुद्दाबारे चर्चा चलेको थियो। धरौटीमा छुटेकाले दोषी ठहर हुने सम्भावना नदेखिएको भन्दै दलले टिकट दिएको थियो। स्थानीय निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनको उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

कसुरदार ठहर भएपछि उनी निलम्बनमा परेका छन्। उनको स्थानमा अव उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले सम्हाल्ने छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.