Advertisement

अन्य खानाको तुलनामा भात कति स्वस्थकर ?

0 470

Advertisement

डा. अरुणा उप्रेती

\२२ असाेज, काठमाडौं । भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिकरुपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल–भात तरकारी वैदिक कालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदाबहार परिकार हो ।

सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो ।

दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग एवं वंशाणुगत रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।

चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो ।

नेपालमा धानको भातको साथै अन्य अन्न, जस्तै– कोदो, फापर, गहुँ आदि पनि खाइन्छ । पहिले यस्तो अन्नको वास्ता गरिन्नथ्यो । बालबालिकाहरुलाई पनि जाउलो र खिचडी (अर्थात दाल र भात मिसाएर पकाएको) खुवाउने चलन समाजमा छ, जसको बिषयमा पनि एकमुस्ट रुपमा यस अनुसन्धानले विश्लेषण गरेको छ ।


दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो ।

भात खाएको छैन भन्नुको अर्थ ‘सञ्चो छैन’ भन्ने पनि बुझिन्छ । किनकि, भातजस्तो सादा वा सस्तो चिज पनि खान नसकेको वा खान नपाउनु भनेको उसको शरीरमा वा जीवनमा समस्या छ भन्ने संकेत हो ।

चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु धन बाहेक अन्य अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।

जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।

मौलिक पकाउने शैली, तरकारीहरुको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन ।

यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।

अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ ।

गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्नजमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ ।

सदाबहार स्वास्थ्यको रहस्य सादा दाल, भात र तरकारीमा छ । विभिन्न अन्नबाट बनेका भात, रोटी र दाल गेडागुडीसँगै खाँदा रोगसँग लड्ने शक्ति बढ्छ भन्ने बुझ्नुपर्छ ।

(डा. अरुणा उप्रेती पोषणविद् हुन् ।)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.