Advertisement

बेलुकीको खानामा बढी ध्यान आबश्यक

0 19

Advertisement

0८ चैत, काठमाडाैँ । अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् ।

तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।

– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।
– रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।
– राति ढिलो खाना खाँदा एसिडिटी बढ्ने, पेट भारी हुने र अपच हुने समस्या हुन सक्छ ।
– ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिग्रने सक्छ ।
– रातिको मसला हालेको खानेकुरा खानु हुँदैन ।
– यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।
– खाना खाने क्रममा वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन ।
– खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्दछ ।
– खाना खाए लगत्तै पानी पिउँदा पाचन प्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।
– खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
– खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।
– थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।
– राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादा पनि हुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.