Advertisement

ब्रोकर एसोसिएसनले गर्‍यो राष्ट्र बैंकको निर्णयको स्वागत, ‘अब बजार बढ्नुको विकल्प छैन’

0 9

Advertisement

२२ असाेज, काठमाडौं ।  धितोपत्र ब्रोकर एसोसिएसनले राष्ट्र बैंकको कदमको स्वागत गरेको छ। सेयर धितो कर्जाको सीमा बढाइनु स्वागतयोग्य भएको एसोसिएसनका अध्यक्ष सागर ढकालले बताएका छन्। उनले सेयर बजार अब बढ्ने दाबी गरे।

‘एकीकृत निर्देशनमार्फत सेयर धितो कर्जाको १२ करोड रुपैयाँको सीमा केही बढाइएको छ। लगानीकर्ताको समस्या केहीहदसम्म सुन्‍ने र बुझ्‍ने काम भयो भन्‍ने ठानेका छौं,’ ढकालले भने।

राष्ट्र बैंकले गत बिहीबार परिपत्रमार्फत सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फत २० करोड रुपैयाँ पुर्‍याएको थियो। त्यसअघि यो सीमा व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकले घरजग्गा कर्जामा पनि केही लचकता अपनाएको छ। एसोसिएसनका अध्यक्ष ढकालले यसले पनि अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्‍ने बताए।

एकै प्रकृतिका कर्जा तथा सापटीको ब्याज अन्तर बढीमा २ प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्थाले पनि राहत पुग्‍ने उनको भनाइ छ।

‘यसले आगामी दिनमा कर्जाको ब्याज सस्तो हुन गई सेयर बजारका लगानीकर्तालाई उच्च ब्याजदरको पीडाबाट राहत पुग्‍ने छ,’ उनले भने।

उनले अहिले बजारमा सप्लाइ निकै बढ्दा नकारात्मक सन्देश गएको बताए। सेयर धितो कर्जाको सीमा बढाइएपछि खुलेको बजारमा नेप्से आइतबार ३६ अंकले घटेको थियो।

‘अर्थशास्त्रको सिद्धान्त अनुसार बजारले गति लिन माग र आपूर्तिको नियम लागू हुनुपर्छ,’ उनले भने, ‘तर पछिल्लो समय उच्च रुपमा आईपीओ आउँदा सप्लाई धेरै बढ्यो। तर माग सिर्जना हुन सकेन। जसको नकारात्मक असर अहिले बजारमा देखिएको हो। यतातर्फ नियामकको ध्यान जानुपर्छ।

ढकालका अनुसार इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केट विकास र मार्जिन ट्रेडिङसम्बन्धी नीति ल्याउन आवश्यक छ। साथै, तत्कालै सेटलमेन्ट फण्ड ल्याउनुपर्ने उनको सुझाव छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.