Advertisement

नेपाल वेयरहाउजिङ्गको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० मा आउने

0 62

Advertisement

१९ असाेज, काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागिएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरको १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्न लागिएको हो । नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ विक्रीपछि कम्पनीले २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि विक्री गर्नेछ । यसपछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीको आईपीओ कात्तिक २४ गतेसम्म विक्रीमा रहनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

नेपालको कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको किसान, अन्न संकलक, मिलर, व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदामसम्बन्धी आवश्यकताहरू पूर्ति गर्नका लागि स्थापना भएको कम्पनी हो । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ५५ करोड रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ कायम हुनेछ । संस्थापकतर्फ हाल ८० प्रतिशत शेयर स्वामित्व कायम छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ७ करोड ९४ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.