Advertisement

दसैंमा दुई पाङ्ग्रे सवारी खरिदमा छुट: १० लाख र सुनदेखि जापान भ्रमणसम्मको अफर

0 12,348

Advertisement

१८ असाेज, काठमाडौं । दसैं नजिकिँदै गर्दा दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका विभिन्न अफर सार्वजनिक गरेका छन् । नेपालमा विभिन्न प्रकारका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनीहरुले कम्तिमा पनि १० हजारदेखि ४० हजार रुपैयाँसम्म नगद छुटसहितको अफर सार्वजनिक गरेका छन्

आर्थिक संकुचनका कारण अधिकांश व्यापार व्यवसाय चाडपर्वको माहोलमा पनि चलायमान हुन सकेको छैन । वार्षिक कारोबार हुनेमध्ये ४० प्रतिशत दसैंको माहोलमा हुने गरेकोमा आर्थिक संकुचनले गर्दा व्यापार व्यवसाय खुम्चिएको व्यवसायीहरुको भनाइ छ ।

गत वर्ष आयात प्रतिबन्ध तथा संकुचनले गर्दा व्यापार व्यवसाय कम गरेका सवारी साधन कम्पनीहरुले यो वर्ष ग्राहक तथा व्यापार बढाउनका लागि अफर सार्वजनिक गरेका छन् । कम्पनीहरुले उच्च प्रतिस्पर्धासहित नगद छुटको व्यवस्था गरेका छन् । तर, बजारमा भने मोटरसाइकल तथा स्कुटरको व्यापार कम हुँदै गएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार बढ्दो बेरोजगारीले विदेश पलायन बढेको छ । युवाहरु पलायन हुँदा त्यसको प्रत्यक्ष असर दुई पाङ्ग्रे सवारी साधनको व्यापारमा परेको छ । व्यापार कम भएपनि होन्डा, यामाहा, टीभीएस, भेस्पा, अप्रिला, सुजुकीलगायत अन्य ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको अफर सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

होन्डाः होन्डा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ प्रालिले दसैंलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैंमा १० लाखको अफर सार्वजनिक गरेको छ ।

कम्पनीले स्क्राच कार्डमार्फत् १० लाखसम्मका नगद उपहार जित्न सक्ने अफर ल्याएको छ । त्यससँगै थप १० हजार रुपैयाँको स्क्रयाच र पाँच वर्षको एएमसी मूल्य १२ हजार ५ सय रुपैयाँ पाउने अफरको व्यवस्था गरेको छ । कम्पनीले बीग बाइकमा एक लाख रुपैयाँसम्म छुटको अफर सार्वजनिक गरेको छ ।

यामाहाः यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता यामाहा फेस्टिभ सेलिब्रेसन अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै प्रकारका मोटरसाइकलमा ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

कम्पनीले सबै प्रकारका स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । साथै, कम्पनीले हरेक दिन यामाहा ज्याकेट, हप्तामा आइफोन १४ र मासिक जापान जान पाउने अफर सार्वजनिक गरेको छ ।

सुजुकीः सुजुकी ब्रान्डको मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता भीजी अटामोबाइलले विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले बाडौं खुसी चढौं सुजुकी नारासहित बम्पर अफरमार्फत् १० ग्राम सुन जित्न सक्ने जनाएको छ । कम्पनीले सबै प्रकारका मोटरसाइकल तथा बाइकमा १० हजार नगद छुट दिने भएको छ ।

कम्पनीले शून्य ब्याजदरमा सवारी साधन खरिद गर्न सक्ने जनाएको छ । त्यससँगै कम्पनीले एक्सचेन्जको पनि व्यवस्था गरेको छ । कम्पनीअनुसार सुजुकीको सवारी साधन एक्सचेन्जमा १५ हजार रुपैयाँ छुट, अन्य ब्रान्डको सवारी साधनको एक्सचेन्जमा १० हजार रुपैयाँ छुट र एक वर्ष सडक कर निःशुल्क हुने अफर सार्वजनिक गरेको छ ।

टीभीएसः नेपालको लागि टीभीएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले हर मोडमा उमङ्ग मात्र टीभीएस हैन, सम्बन्ध हो अफर सार्वजनिक गरेको छ । कम्पनीले टीभीएस ब्रान्डको मोटरसाइकल तथा स्कुटरको खरिदमा विभिन्न अफर ल्याएको छ ।

कम्पनीले नकिन्दै १ लाख रुपैयाँसम्म जित्ने मौकाको अफर सार्वजनिक गरेको छ । त्यसैगरी, कम्पनीले किन्दा ५ लाख रुपैयाँसम्म र हरेक महिना १०० प्रतिशत क्यासब्याकको अफर ल्याएको जनाएको छ ।

कम्पनीअनुसार बम्पर उपहारमा १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीले थप अफरमा एक्स्चेन्जमा १० हजार रुपैयाँ, शून्य ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा सवारी साधन खरिद गर्न सक्नेछन् ।

हिरोः हिरो ब्रान्डको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले हिरो पर्वमा गर्व अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी, बम्पर उपहारमा एक लाख नगद पुरस्कार र १ लाख सम्मको स्क्रायाच कार्डको अफर सार्वजनिक गरेको छ ।

भेस्पा र अप्रिलाः भेस्पा र अप्रिला ब्रान्डको नेपालको लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्पले भेस्पा र अप्रिलासँग उपहारको तरंग दसैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले स्कुटरको खरिदमा १० हजार नगद छुट, हप्तामा अनर ९० (पाइभ जी) र बम्पर अफरमार्फत् भेस्पा स्कुटर खरिदमा इटली भ्रमणमा जान सक्नेछन् । त्यस्तै, कम्पनीले एक्स्चेन्जमार्फत् थप १० हजार रकम र शून्य ब्याजदरमा स्कुटर खरिद गर्न सक्नेछन् ।

सुपर सोकोः विद्युतीय सुपर सोको मोटरसाइकल तथा स्कुटरले पनि यो वर्ष दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैंअफरमार्फत् ४० हजार छुट र थप मूल्यमा १० हजार छुट दिने जनाएको छ ।

त्यसैगरी, कम्पनीले इएआईमा ३ हजार ९५८ तिरेर हेल्मेट निःशुल्कमा बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, एक वर्षको सडक दस्तुर, २ वर्ष निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । उक्त अफर असोज ७ गतेदेखि लागू भई आगामी ३० गतेसम्मको लागि मात्र रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.