Advertisement

किसानलाई दुधको भुक्तानी तत्कालै देऊः सांसद सिंह

0 81

Advertisement

१८ असाेज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपककुमार सिंहले दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रले किसानलाई दुधबापतको बक्यौता रकम उपलब्ध नगराएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले दसैंको मुखमा किसानबाट दुध खरिद गरी हालसम्म रकम भुक्तानी नगरेको बताए । रकम भुक्तानी नहुँदा किसानको रुवाबासी भएको भन्दै सांसद सिंहले दुध खरिद गरेबापत गर्नुपर्ने भुक्तानीका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरे ।

‘डीडीसीले ५५ करोडभन्दा बढी र निजी क्षेत्रले २ अर्ब ५० करोडभन्दा बढी रकम दुध खरिद गरेबापत किसानलाई भुक्तानी दिएको छैन,’ उनले भने, ‘चाडपर्वको मुखमा किसानको बिचल्ली हुन नदिन चाँडोभन्दा चाँडो भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गर्छु ।’

डीडीसी र निजी डेरी उद्योगले जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका छन् । एकातिर किसानबाट खरिद गरेको दुधको भुक्तानी उपलब्ध गराएका छैनन् भने अर्कोतिर अघोषित मिल्क होलिडे लागू गरेर किसानलाई चाडपर्वको मुखमा सडकमा आउन बाध्य बनाएका छन् ।

सरकारी स्वामित्वको डीडीसी र निजी डेरीले असोज १५ सम्ममा दुध किसानलाई करिब ६ अर्बको हाराहारी भुक्तानी गर्न बाँकी छ ।

यसमध्ये डीडीसीले मात्रै जेठदेखि असोज १५ सम्मको अवधिमा खरिद गरेको दूधबापतको ६२ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने करिब ५ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ साना-ठूला निजी डेरी उद्योगले भुक्तानी गर्न बाँकी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.