Advertisement

नेप्से १८.६० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

0 14

Advertisement

१० असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।

मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३.४६ मा पुगेको थियो । तर, अन्तिम समयमा केही सुधार हुँदै ०.९१ प्रतिशतले घटेर २ हजारको विन्दु माथि नै बन्द भएको हो ।

बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने भने सर्वाधिक गिरावट भएको हो । हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भएको हो ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । १९३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरमूल्य ९.९० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ७.९१ प्रतिशत र मोलुङ हाइड्रोपावरको सेयरमूल्य ७.६० प्रपतिशतले वृद्धि भएको छ ।

लक्ष्मी भ्यालु फण्ड २ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ७.६३ प्रतिशतले घटेर बन्द भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.