Advertisement

मणिपाल अस्पतालमा चिकित्सकमाथि ‘आक्रमण’ गर्ने १ जना पक्राउ

0 32

Advertisement

०९ असाेज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

अस्पतालमा उपचारका लागि भर्ना भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमायाया दुराको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका थिए।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विरोधमा उत्रिएका आफन्तले अस्पतालमा तोडफो गर्नुका साथै चिकित्सकमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ। चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३४ वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिकित्सकका तर्फबाट आन्दोलनमा उत्रिएर होहल्ला तथा नाराबाजी गरेको आरोपमा प्रहरील फिस्टेल अस्पतालमा कार्यरत डा दिनेश कुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। डा विकलाई भनेर रिहा गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.