Advertisement

भारत-क्यानडाको तनावबीच शुभनीत सिंहको कन्सर्ट रद्द

0 13

Advertisement

०३ असाेज, काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक तनावका बीच पञ्जाबी मूलका क्यानडेली गायक शुभनीत सिंह ‘शुभ’को भारतको कन्सर्ट रोकिएको छ । अनलाइन टिकेटिङ प्लेटफर्म बुक माइ शोले कन्सर्ट रद्द गरेको घोषणा गरेको छ ।

साथै, कन्सर्टका प्रायोजक अमन गुप्ताले पनि टुरबाट हात झिकेको घोषणा गरेका छन् । खालिस्तानी पृथकतावादीलाई सघाएको भन्दै आलोचना खेपिरहेको बुक माइ शोले बुधबार कन्सर्ट स्थगित गरेको हो ।

शोका लागि टिकट खरिद गरेका दर्शकलाई शुल्क फिर्ता दिने समेत प्लेटफर्मले उल्लेख गरेको छ । यसैबीच, गायक शुभले खालिस्तान अतिवादलाई मद्दत मिल्ने गरी यस वर्षको सुरुमा अभिव्यक्ति दिएको पाइएकाले कन्सर्टको प्रायोजकबाट आफू पछि हटेको अमन गुप्ताको कम्पनी बोटले उल्लेख गरेको छ ।

साथै, गायक शुभलाई भारतीय क्रिकेटरहरु विराट कोहली, केएल राहुल लगायतले अनफलो गरेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडेली नागरिक भनिएका हरजीत सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको अभिव्यक्ति क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोल संसदमा दिएपछि दुई मुलुकबीच तनाव चुलिएको छ । तनाव चुलिंदै जाँदा दुवै मुलुकले एकअर्काविरुद्ध ट्राभल एड्भाइजरी समेत जारी गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.