Advertisement

सकिना महर्जनलाई मिस नेवाः नेपालको उपाधि

0 19

Advertisement

०६ भदाै, काठमाडौं । मिस नेवाः नेपाल ११४३ को उपाधि काठमाडौं चन्द्रागिरीकी सकिना महर्जनले जितेकी छन् । नेप्लिज फेसन होमले काठमाडौंमा आयोजना गरेको फिनालेमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।

उपाधिबापत उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मंगलबार राति प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो ।

सकिनाले शीर्ष पुरस्कारसँगै मिस पर्सनालिटीको सहविधा पनि हात पारिन् । काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनरअप र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनरअप घोषित भए ।

कृष्टि प्रजापति मिस ट्यालेन्ट र मिस फोटोजेनिक, अंशु प्रजापति नेपाल भाषा, तिमिला महर्जन सामाजिक सद्भावना दूत, एड्रिना श्रेष्ठ पहिरन, खुसी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट, तुलसा प्रजापति वेस्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन विजेता घोषित भए ।

फिनालेकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म आइपुगेको बताइन् । उनले मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन् । नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको उनले बताइन् ।

रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.