Advertisement

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

0 19

Advertisement

६ भदौ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो । मौद्रिक नीतिपछि निराश लगानीकर्ता १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को विन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अंकको गिरावट भयो । तर, मंगलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ ।

नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.७४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.१६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ ।

बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये कुथेल बुखारी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै ग्लोलब आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.६४ प्रतिशतले बढ्दा सेयरमूल्य धेरै बढ्ने कम्पनीको शिर्ष ५ मा लिवर्टी इनर्जी, दोल्ती पावर र मायाखोला हाइड्रोपावर कम्पनी छन् । बुधबार सेयरमूल्य बढेन शीर्ष कम्पनीमा हाइड्रोपावर कम्पनीहरु अगाडि छन् ।

नेप्से करिब डेढ प्रतिशतले बढ्दा पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४६ प्रतिशतले गिरावट भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.