Advertisement

‘आमा तिमीले छाडेर गैगयौ’ बोलको गीत बजारमा

0 28

Advertisement

२६ साउन, काठमाडौं । सुप्रसिद्ध गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्तले स्वर दिएको आमा तिमीले छाडेर गैगयौ बोलको अत्यन्तै मनछुने गीत आजबाट बजारमा आएको छ।

रिता सिम्खडा दाहालको प्रस्तुति रहेको आमा तिमीले छाडेर गैगयौ गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्।

भिडियोमा एकदिन सबैले आफ्नो आमासँग बिछोड हुनुपर्दाको कारुणिक दृश्यलाई गीतमा समाहित गरेको पाइन्छ भने यस्तो खाले पीडा नभोग्ने सायदै कोही होला, आमाप्रतिको सम्मानलाई गीतले बोलेको छ।

भिडियोमा अहिलेको जल्दोबल्दो लोकप्रिय कलाकार स्मारिका ढकालको दमदार अभिनय रहेको यस गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् भने छायाङ्कन उत्तम हुँमागाईंले र सम्पादन विकास धमलाको रहेको छ।

DP DahalYutube Channel बाट रिलिज भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसँग अनुरोधसमेत गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.