Advertisement

अपर तामाकोशीले डाक्यो साधारण सभा, यस्ता छन् एजेन्डा ?

0 19

Advertisement

१६ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते, बुधबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ः३० बजे कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८–७९ को नाफा र (नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आव २०७८–७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २६ गते एकदिन बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.