Advertisement

नेप्सेमा २५.६६ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नजिक

0 20

Advertisement

२३ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।

बजेटपछि प्राकृतिक व्यक्तिले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम हुने कि नहुने भन्ने विषयले सेयर बजार नै तरंगित भयो । बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको गिरावट भएको नेप्से त्यसपछि सम्हालिएर बढ्न लागेको छ ।

गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो ।

मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ । मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२० सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले वृद्धि हुँदा सनराइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ९.२४ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ८.७५ प्रतिशतले वृद्धि भएको छ ।

यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५७ प्रतिशतले गिरावट हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य २.४५ प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य २ प्रतिशतले गिरावट भएको छ । यस्तै सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ३.०४ प्रतिशतले गिरावट भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.