साफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने

0 23

२३ जेठ, काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपको लागि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने भएको छ ।

साफ च्याम्पियनसिपको १४औं संस्करण यही जुन ८ देखि जुलाई ४ सम्म भारतको बेंगलुरुमा हुँदैछ । त्यसको तयारीका लागि माल्दिभ्सको राष्ट्रिय टिम सोमबार जापान प्रस्थान गरेको छ । माल्दिभ्सले जापानमा १० दिन प्रशिक्षण गर्नेछ ।

माल्दिभ्सले दुई साताअघि देखि नै साफ च्याम्पियनसिपमा लागि घरेलु मैदानमै प्रशिक्षण सुरु गरेको थियो ।

मालेमा जुन ४ मा प्रशिक्षण सकिएपछि अन्तिम तयारीका लागि जापानमा गएको हो । साफअघि माल्दिभ्सले मैत्रीपूर्ण खेल खेल्ने प्रयास समेत गर्नेछ ।

माल्दिभ्सको टिम जापानबाटै मे १५ मा भारत आउने माल्दिभ्सको अनलाइन मिडिया राज्जी डट एमभीले जनाएको छ ।

माल्दिभ्सलाई इटालियन प्रशिक्षक फ्रान्सेस्को मोरिएराले प्रशिक्षण दिइरहेका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको लिग धिवेही प्रिमियर लिगको तीन चरणको खेलपछि लिग स्थगित गर्दै साफ च्याम्पियनसिपको तयारी गरेको हो ।

माल्दिभ्सको अन्तिम टोलीमा त्यहाँका पाँच फरक क्लबबाट २३ खेलाडी छन् । धेरै जसो खेलाडी माजिया एस एण्ड आरसीबाट (१४ खेलाडी) छन् ।

साफ च्याम्पियनसिपमा माल्दिभ्स समूह बीमा छ । यस समूहमा लेबनन, बंगलादेश र भुटान छन् । समूह ए मा भारत, नेपाल, कुवेत र पाकिस्तान छन् ।

माल्दिभ्सले सन् २०१८ मा पछिल्लो पटक साफ च्याम्पियनसिप जितेको थियो ।

पछिल्लो पटक सन् २०२१ मा माल्दिभ्समै भएको साफमा भारत च्याम्पिसयन बन्दा नेपाल उपविजेता भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.