Advertisement

करको दरमा मनपरी गर्न नपाएकाहरु म सँग रिसाए : अर्थमन्त्री

0 10

Advertisement

२३ जेठ, काठमाडाैं । अर्थमन्त्री प्रकाशशरण महतले करको दरमा मनपरी गर्न नपाएर केहि व्यावसायीहरु रिसाएको बताएका छन् ।

आर्थिक मिडिया सोसाइटी नेपाललले गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका व्यक्तिहरुले रिसाएर हिलो छ्याप्ने काम गरेको बताएका हुन् ।

समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका अर्थमन्त्री महतले राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छंन नहुने बताए । अर्थमन्त्री महतले भने, ‘इमान्दार इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो छ्याप्ने काम गरिन्छ भने इमान्दार मान्छेको काम छैन ।’

कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर नराम्रोे प्रचार गरेको हुनसक्ने उनको भनाइ छ । उनले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे ।

संसदिय क्षेत्र विकास कार्यक्रम भएको र यसलाई कोष भन्न नमिल्ने मन्त्री महतको भनाइ छ । उनले भने, ‘यसमा सम्बन्धित सासंदको सुझाव मात्रै हुन्छ । सासंदले सिफारिस मात्रै गर्ने हो । यो पुँजीगत खर्च हो । सासंदहरुले आफू खुशि गर्ने होइनन् । उनीहरुको रोल कार्यक्रम छनोट मात्रै हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण छैन । ’

बजेट सुधारका कार्यक्रम लागु गर्ने प्रतिबद्धता समेत जनाएका उनले भ्याटलाई वैज्ञानिक बनाउन प्रयास गरिरहेको बताए । सेयर बजारको विषयमा साना र सोझा लगानीकर्ताहरुलाई फसाएर ठूला लगानीकर्ताले लाभ लिएको मन्त्री महतको भनाइ छ । यस्तै उनले आफूमाथी लागेको आरोपको पुष्टि गर्न मन्त्री महतले चुनौती दिएका छन् । मन्त्री महतले भने ‘म सबैसामू चुनौति दिन चाहान्छु आरोपको पुष्टी गर्न सबै राजस्वकै कर्मचारीहरु बसेर हस्ताक्षर गरी राजस्वको दर टुङग्याइएको छ, कसैको प्रभाव छैन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.