Advertisement

छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

0 15

Advertisement

२३ जेठ, काठमाडाैं । काठमाण्डौं महानगरपालिकाले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयलाई जेठ २८ गतेसम्मको समयसीमा दिएको छ ।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै जेठ २८ गते भित्र छात्रवृत्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगरपालिकाले यसअघि बैशाख २४ गते नै महानगरभित्र सञ्चालन भएको सम्पूर्ण विद्यालयलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको थियो । यस्तै महानगरपालिकाले जेठ १० गते गोरखापत्रमा सूचना प्रकाशित गरी जेठ १५ गतेभित्र छात्रवृत्ति उपलब्ध गराई त्यसको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो ।

महानगरले यसरी बारम्बार पत्राचार र सूचना प्रकाशित गर्दा समेत अटेर गर्ने विद्यालयलाई जेठ २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको हो ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाण्डौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.