Advertisement

दश महिनामा पौने ३३ अर्बको निर्जीवन बीमा व्यवसाय, कसको कति ?

0 28

Advertisement

२१ जेठ, काठमाडाैं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा पौने ३३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार २०८० बैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका १५ निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा बीमा कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा बीमालेख जारी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये शीर्ष स्थानमा रहेको शिखर इन्स्योरेन्सले ४ अर्ब ४२ करोड ६९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर पश्चात बनेको सलिकोले ३ अर्ब ७३ करोड ७ लाख ७८ हजार रुपैयाँ, सिद्धार्थ र प्रिमियम इन्स्योरेन्सबीच मर्जरपश्चात बनेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३ अर्ब ६४ करोड ९६ लाख ७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड ४ लाख ३६ हजार रुपैयाँ र पाँचौं स्थानमा रहेको नेको इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २ करोड ५१ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बाँकी ९ वटा निर्जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्म संकलन गरेको बीमाशुल्क दुई अर्ब रुपैयाँभन्दा कम छ । सबैभन्दा कम बीमाशुल्क भारतीय लगानी रहेको नेशनल इन्स्योरेन्स कम्पनीले ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.