Advertisement

हामीले ताली मात्र बजाएर बस्नु ठिक होइन : श्रममन्त्री भण्डारी

0 15

Advertisement

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा थुप्रै खालका समस्या रहेको बताएका छन् ।

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले विभिन्न खालका सुधारका कदमहरू चाल्दै आएको उनले बताएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि ताली बजाएर मात्र बस्न नहुने बताए ।

‘हामीले ताली मात्र बजाएर बस्ने ठिक होइन। समस्या छ भन्ने थाहा हुँदाहुँदै चुप लागेर बस्नु भन्दा त्यसको समाधान गर्छौं,’ मन्त्री भण्डारीले भने ।

मन्त्रालय ठगी नियन्त्रणमा निकै गम्भीर रहेको उनको भनाइ छ। हाल १५ देखि २० हजारको हाराहारीमा ठगीका उजुरी परेको भन्दै उनले ठगी नियन्त्रणको लागि मन्त्रालय गम्भीर भएर लागेको बताए ।

विदेशमा कागजात नभई बसेका श्रमिकलाई वैधानिक बनाउने प्रक्रिया समेत अगाडि बढेको उनको भनाइ छ।

स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको उनले बताए । सेवा शुल्कको विषयमा समस्या रहेको भन्दै यसको समाधान गर्नुपर्नेमा उनले जोड दिए।

‘सरकारले १० हजार मात्र लिन पाउने भनेको छ । तर लाखौँ रुपैयाँ तिरेर श्रमिक गइरहेको यथार्थ हो। यो समस्या छ भन्ने थाहा छ। यसको समाधान त गर्नपर्छ’, मन्त्री भण्डारीले भने।

श्रम मन्त्रालयसँग कति जना विदेशबाट फर्किए भन्ने डाटा नै नभएको उनको भनाइ छ । श्रम बजारमा आवश्यकता अनुसारको श्रमिक बनाएर अगाडि बढ्ने नीति मन्त्रालयको रहेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.