Advertisement

साताको पहिलो कारोबार दिन १७ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

0 18

Advertisement

२१ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ १७ सय रुपैयाँले घटेको छ । गत शुक्रबार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज भने १७ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ १ लाख १३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । सुनको भाउ गत जेठ १५ गतेदेखि लगातार बढेको हो ।

जेठ १५ गते १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ लगातार ५ दिन वृद्धि भएको महासंघले जनाएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएपछि सुनको भाउमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजावी सुन १ लाख १२ हजार ७५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता चाँदीको भाउ पनि हिजो शुक्रबारको तुलनामा २० रुपैयाँले घटेर आइतबारका लागि १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४८ दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.