Advertisement

‘गडफादर’ अभिनेता अल पचिनो ८३ वर्षमा बुवा बन्दै

0 42

Advertisement

१८ जेठ काठमाडौं । हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी प्रेमिका नूर अलफल्लाह (२९) आठ महिनाकी गर्भवती छिन् । ‘गडफादर’जस्ता चर्चित फिल्ममा काम गरेका अभिनेता पचिनो यसअघि नै तीन सन्तानका पिता भइसकेका छन् । उनका ‘गडफादर’ सहकलाकार रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए ।

विवरणअनुसार पचिनो अप्रिल २०२२ देखि प्रेमिका नूरसँग डेट गरिरहेका छन् । त्यसपछि उनीहरु पहिलो पटक सँगै डिनर गर्दा देखिएका थिए । पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो । उनको उमेर ३३ वर्ष छ । यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन् । दुवैको उमेर २२ वर्ष छ । पचिनोकी प्रेमिका नूरले यसअघि व्यापारी निकोलस बर्ग्रेन र गायक मिक जागरलाई डेट गरेकी थिइन् ।

उनले अहिलेसम्म डेट गरेका सबै ६० वर्षभन्दा माथिका छन् । ७४ वर्षीय मिक जागरसँग डेट गर्दा उनी २२ वर्षकी थिइन् । एकै समयमा निकोलस बजर्गेन पनि ६० वर्षका थिए । ‘द गडफादर’ सिरिजको फिल्मबाट पचिनो विश्वभर चर्चित भए पनि उनले यसबाहेक धेरै ठूला फिल्ममा पनि काम गरेका छन् । उनका सेन्ट अफ ए वुमन, स्कारफेस, सर्पिको र द डेभिल्स एड्भोकेट चर्चित फिल्म हुन् ।

उनका केही पछिल्ला फिल्ममा ‘वन्स अपन अ टाइम इन हलिउड’, ‘हाउस अफ गुच्ची’, ‘द पाइरेट्स अफ सोमालिया’ र ‘द आयरिशम्यान’ छन् ।

अर्को रोचक कुरा के छ भने गत महिना मात्रै ‘द गडफादर २’ मा पचिनोका सहकलाकार रहेका रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा सातौं सन्तानको पिता बनेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.