Advertisement

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

0 14

Advertisement

१६ जेठ, काठमाडाैं । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ । कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषदले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो । बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.