Advertisement

पाँच तारे होटल, विदेशी मदिरा र १० लाखमाथिका गहनामा २ प्रतिशत बिलासिता कर लिइने

0 31

Advertisement

१६ जेठ, काठमाडौं । सरकारले बिलासिताको कर लगाउने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ प्रतिशतले बिलासिता शुल्क लगाइने बताइएको छ।

सोमबार संसदमा पेस भएको बजेटको आर्थिक विधेयकमा नेपालमा उपभोग हुने बिलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले बिलासिता शुल्क लगाई असुल गरिने उल्लेख छ।

विधेयकले पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनामा यस्तो कर लगाउने उल्लेख छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.