Advertisement

फागुन मसान्तसम्ममा मुलकको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब 

0 16

Advertisement

१४ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार मुलुकको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब ६ करोड पुगेको उल्लेख गरेको छ। यो चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक हो।

सो समयसम्म, आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड रूपैयाँ र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ सहित मुलुकको कूल सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्ब ६ करोड रूपैयाँ पुगेको उक्त सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। २०७९ असारसम्म सार्वजनिक ऋण दायित्व २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ रहेको थियो।

यस्तै, आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी १ खर्ब ३७ अर्ब १२ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ।

उक्त प्रतिबद्धता अनुसार जम्मा ७२ अर्ब ५८ करोड रूपैयाँ बराबरको सहायता परिचालन भएको र ५३ अर्ब ४४ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको सर्वेक्षण प्रविवेदनमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.