Advertisement

एक वर्षको अवधिमा चोरी तथा डकैतीमा संलग्न ९७ जना पक्राउ

0 14

Advertisement

११ जेठ, धनुषा ।धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ।

धनुषा प्रहरीले सादा पोसाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालू आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो।

चालू आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घरमा ठूलठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरी लगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनकाअनुसार चोरीमा पक्राउ भए पनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ। जसमा ४ सय जनालाई पक्राउ गरिएको बताए। पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको उनले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ। त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.