Advertisement

पूर्वसभामुख सापकोटा नेतृत्वको टोलीलाई चिनियाँ प्राध्यापकको प्रशिक्षण

0 17

Advertisement

१० जेठ, ल्हासा । माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली टोलीलाई चिनियाँ प्राध्यापकहरुले प्रशिक्षण दिएका छन् ।

१० दिने अध्ययन भ्रमणका लागि गत शुक्रबार चीन पुगेको सापकोटा नेतृत्वको टोलीलाई तिब्बतको ल्हासामा चिनियाँ प्राध्यापकहरुले गरिबी निवारण र आर्थिक विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका हुन् ।

‘तिब्बतको साझा समृद्धिका लागि लक्षित गरिबी निवारणको अभ्यास, उपलब्धि र अनुभवहरु’ विषयमा मंगलबार चिनियाँ प्राध्यापक र चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागका सदस्यहरुले प्रशिक्षण दिएको भ्रमण टोलीका सदस्य जीपी मैनालीले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटा सहित सचिवहरु गणेश शाह, हितमान शाक्य र डिलाराम आचार्य लगायत चीन भ्रमणमा छन् ।

नेपाली टोली अब चार दिन चीनको राजधानी बेइजिङ र मे २८ पछि तीन दिन हुबेइ प्रान्तका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर स्वदेश फर्किने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.