Advertisement

नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

0 12

Advertisement

०८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।

गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो । सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य गिरावट र व्यापार उपसूचक ०.९९ प्रतिशतले गिरावट भएपनि अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले बढेका छन् ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२१ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ७८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूलय भने स्थिर छ ।

जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले वृद्धि भएको छ । यता ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.६७ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य २.७० प्रतिशतले गिरावट भएो छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.