Advertisement

पक्राउ परेको १२ दिनपछि पति बालकृष्णलाई भेट्न प्रहरी कार्यालय पुगिन् मञ्जु खाण

0 58

Advertisement

०८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाठइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जु खाणले भेटेकी छन्।

बालकृष्ण पक्राउ परेको १२ दिनपछि पत्नी मञ्जु खाण उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्ष पुगेकी हुन्। पति बालकृष्णलाई भेट्न मञ्जु सोमबार बिहान जिल्ला प्रहरी परिसर टेकु पुगेकी थिइन्।

मञ्जुले पति खाणलाई पक्राउ परेपछि पहिलोपटक भेटको खाणनिकट स्रोतले जानकारी दिएको छ।

गत वैशाख २७ गते खाण आफ्नै निवास मैजुबहालबाट पक्राउ परेपछि मञ्जु भने सम्पर्कविहीन थिइन्। उनको मोबाइल समेत अफ थियो। तर हिरासत बसेको १२औं दिनपछि बल्ल उनी श्रीमान् भेट्न टेकु पुगेकी हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा खाणसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुविरुद्धको सुरुवात अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.