Advertisement

करोड भ्युजका ६ गीतको संग्रह लिएर आए संगीतकार शर्मा

0 25

Advertisement

०८ जेठ, काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोडभन्दा माथि भ्युज पाएका चलचित्र गीतको संग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरू’ सार्वजनिक गरेका छन्।

आइतबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले गीतिसंग्रहको विमोचन गरेका हुन्।

दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोडभन्दा बढी भ्युज भएका ६ वटै गीतहरू संग्रहमा छन्। जसमा चलचित्र ‘छक्का पञ्जा’को शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शंकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम, चलचित्र मंगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायालु, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची बोकला गीत रहेका छन्।

कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने, ‘मैले तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ। दर्शक श्रोताको मायाले यहाँसम्म आइपुग्दा ६ वटा गीतले एक करोडदेखि ३ करोडभन्दा बढी भ्युज पाएका छन्। यिनै करोड क्लबमा पुगेका गीतहरूको संग्रहलाई आज सार्वजनिक गरेका हुँ।’

दीपकका चलचित्रका ६ वटा गीतमध्ये आफूले लेखेको दुई वटा गीतले दुईदेखि तीन करोड भ्युज पाएको भन्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको विशेषता भएको बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने, ‘दर्शकको यति धेरै माया पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कति रोयल्टी कमायो भनेर पनि खोजी गर्नुपर्छ। उहाँका दर्जनौं हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नुपर्छ।’

संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.